ताप्लेजुङको पाथीभरा क्षेत्रसहित उच्च भेगमा हिमपात



ताप्लेजुङ । ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात भएको हो ।

उच्च हिमाली भेगमा निकै बाक्लो हिमपात भएको छ भने हिमाली बस्तीहरू ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायतमा हिउँ परेको छ । ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाका अनुसार बस्तीसम्म नै हिउँ परेको छ ।

यस्तै, घुन्सा र फले बस्तीमा पनि सामान्य हिउँ परेको स्थानीयले बताएका छन् । उक्त बस्तीहरूमा अहिले पनि हिमपात भइरहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार हिमपात हुन थालेपछि चिसो बढेको छ ।

यता, प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । माथिल्लो फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतका अनुसार मङ्गलबार रातिदेखि नै हिउँ पर्न सुरु भएको हो । हिमपातसँगै चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा चिसो बढेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार ०१:१०

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई