ताप्लेजुङको पाथीभरा क्षेत्रसहित उच्च भेगमा हिमपात



ताप्लेजुङ । ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात भएको हो ।

उच्च हिमाली भेगमा निकै बाक्लो हिमपात भएको छ भने हिमाली बस्तीहरू ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायतमा हिउँ परेको छ । ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाका अनुसार बस्तीसम्म नै हिउँ परेको छ ।

यस्तै, घुन्सा र फले बस्तीमा पनि सामान्य हिउँ परेको स्थानीयले बताएका छन् । उक्त बस्तीहरूमा अहिले पनि हिमपात भइरहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार हिमपात हुन थालेपछि चिसो बढेको छ ।

यता, प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । माथिल्लो फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतका अनुसार मङ्गलबार रातिदेखि नै हिउँ पर्न सुरु भएको हो । हिमपातसँगै चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा चिसो बढेको छ ।

प्रकाशित मिति : 1:10 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन