आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?



कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

प्रकाशित मिति : 1:01 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी