पाथीभरामा केवलकार निर्माण : बिपक्षमा रहेका संघर्षरत पक्षसंग बार्ता गर्न समन्वय प्रमुखको संयोजकत्वमा बन्यो समिति



ताप्लेजुङ । पाथीभरामा केवलकार निर्माणका लागि संघर्ष समितिसंग बार्ता गर्न समिति बनेको छ । केवलकार निर्माणका लागि संघर्षरत पक्षसंग छलफल गरी सम्बादद्धारा समाधान खोज्न जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको हो ।

बुधवार पाथीभरा क्षेत्र विकास समितिको समन्वयमा भएको सर्वपक्षिय छलफलमा क्रममा संघर्षरत पक्षसंग छलफल गरी समाधान खोज्न समिति बनाउने सहमति भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

समितिमा फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सिरिजङगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लावुङ, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल रहनु भएको छ ।

यस्तै पाथीभरा मुकुम्लुङ केवलकार प्रा.लि.का सदस्य रुद्रप्रसाद पौडेललाई पनि सदस्य सचिवको जिम्मेवारी दिइएको हाङ्बाङले बताउनु भयो । पाथीभरा क्षेत्रमा फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक, फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका प्रभावित पालिकाको रुपमा देखिएका छन् ।

समितिले मुकुम्लुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिसंग समस्याको समाधानका लागि वार्ता गर्ने जिम्मेवारी पाएको छ । पाथीभरामा निर्माण हुने केवलकार निर्माणका लागि रुख कटान आदेश समेत भईसकेको अवस्थामा केवलकार निर्माण गर्न नहुने पक्षमा रहेका शक्ति पाथीभरा क्षेत्रमा भेला भएका छन् ।

प्रकाशित मिति : 1:09 pm

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई