पाथीभरामा केवलकार निर्माण : बिपक्षमा रहेका संघर्षरत पक्षसंग बार्ता गर्न समन्वय प्रमुखको संयोजकत्वमा बन्यो समिति



ताप्लेजुङ । पाथीभरामा केवलकार निर्माणका लागि संघर्ष समितिसंग बार्ता गर्न समिति बनेको छ । केवलकार निर्माणका लागि संघर्षरत पक्षसंग छलफल गरी सम्बादद्धारा समाधान खोज्न जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको संयोजकत्वमा ९ सदस्यीय समिति बनेको हो ।

बुधवार पाथीभरा क्षेत्र विकास समितिको समन्वयमा भएको सर्वपक्षिय छलफलमा क्रममा संघर्षरत पक्षसंग छलफल गरी समाधान खोज्न समिति बनाउने सहमति भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

समितिमा फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सिरिजङगा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लावुङ, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल रहनु भएको छ ।

यस्तै पाथीभरा मुकुम्लुङ केवलकार प्रा.लि.का सदस्य रुद्रप्रसाद पौडेललाई पनि सदस्य सचिवको जिम्मेवारी दिइएको हाङ्बाङले बताउनु भयो । पाथीभरा क्षेत्रमा फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक, फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिका प्रभावित पालिकाको रुपमा देखिएका छन् ।

समितिले मुकुम्लुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संघर्ष समितिसंग समस्याको समाधानका लागि वार्ता गर्ने जिम्मेवारी पाएको छ । पाथीभरामा निर्माण हुने केवलकार निर्माणका लागि रुख कटान आदेश समेत भईसकेको अवस्थामा केवलकार निर्माण गर्न नहुने पक्षमा रहेका शक्ति पाथीभरा क्षेत्रमा भेला भएका छन् ।

प्रकाशित मिति : 1:09 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था