सांसदद्वारा झोला चोरी, गयो पद



एजेन्सी । चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको ग्रीन पार्टीकी सांसद गोलरिज घरमानले राजीनामा दिएकी छन्। उनले बुटिकबाट लुगा र ह्यान्डब्याग चोरी गरेका तीनवटा घटना खुलासा भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

अकल्याण्ड र वेलिङटनका दुईवटा महँगो कपडा पसलबाट सामान चोर्ने उनको प्रयासको सीसीटीभी फुटेज पनि बाहिर आएको छ। राजीनामा दिएपछि घरमानले तनावका कारण चोरी गरेको बताउँदै माफी मागेकी थिइन्।

घ्रमानले भनिन्, ‘कामको तनावका कारण मेरो मानसिक स्वास्थ्य बिग्रिएको छ। यसले मलाई चरित्रहीन काम गर्न लगायो। आफ्नो कामको बचाउका लागि कुनै बहाना बनाउँदिनँ तर म आफ्नो वास्तविकता राख्न चाहन्छु। जनताले जनप्रतिनिधिबाट गरिने व्यवहारको अपेक्षा गरेका हुन्छन्‚ त्यो मैले गरिनँ। मेरो मानसिक स्वास्थ्यका लागि सांसदको पदबाट राजीनामा दिनु राम्रो हुनेछ। मेरो स्वास्थ्यमा ध्यान केन्द्रित गर्न र विश्वमा सकारात्मक परिवर्तनका लागि काम गर्ने अन्य तरिका खोज्नेछु।’

प्रहरीले गोलरिजविरुद्ध चोरीको आरोपमा अनुसन्धान गरिरहेको छ। ४२ वर्षीया घरमानको राजीनामाको जवाफ दिँदै ग्रीन पार्टीका नेता जेम्स शले घरमानलाई संसद् निर्वाचित भएको दिनदेखि लगातार यौन हिंसा, शारीरिक हिंसा र ज्यान मार्ने धम्की आइरहेको बताए। तपाईं पहिलेदेखि नै तनावपूर्ण स्थितिमा बाँच्नुहुन्छ भने यस्तो परिणाम आउँछ।’

प्रकाशित मिति : 12:57 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई