सांसदद्वारा झोला चोरी, गयो पद



एजेन्सी । चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको ग्रीन पार्टीकी सांसद गोलरिज घरमानले राजीनामा दिएकी छन्। उनले बुटिकबाट लुगा र ह्यान्डब्याग चोरी गरेका तीनवटा घटना खुलासा भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

अकल्याण्ड र वेलिङटनका दुईवटा महँगो कपडा पसलबाट सामान चोर्ने उनको प्रयासको सीसीटीभी फुटेज पनि बाहिर आएको छ। राजीनामा दिएपछि घरमानले तनावका कारण चोरी गरेको बताउँदै माफी मागेकी थिइन्।

घ्रमानले भनिन्, ‘कामको तनावका कारण मेरो मानसिक स्वास्थ्य बिग्रिएको छ। यसले मलाई चरित्रहीन काम गर्न लगायो। आफ्नो कामको बचाउका लागि कुनै बहाना बनाउँदिनँ तर म आफ्नो वास्तविकता राख्न चाहन्छु। जनताले जनप्रतिनिधिबाट गरिने व्यवहारको अपेक्षा गरेका हुन्छन्‚ त्यो मैले गरिनँ। मेरो मानसिक स्वास्थ्यका लागि सांसदको पदबाट राजीनामा दिनु राम्रो हुनेछ। मेरो स्वास्थ्यमा ध्यान केन्द्रित गर्न र विश्वमा सकारात्मक परिवर्तनका लागि काम गर्ने अन्य तरिका खोज्नेछु।’

प्रहरीले गोलरिजविरुद्ध चोरीको आरोपमा अनुसन्धान गरिरहेको छ। ४२ वर्षीया घरमानको राजीनामाको जवाफ दिँदै ग्रीन पार्टीका नेता जेम्स शले घरमानलाई संसद् निर्वाचित भएको दिनदेखि लगातार यौन हिंसा, शारीरिक हिंसा र ज्यान मार्ने धम्की आइरहेको बताए। तपाईं पहिलेदेखि नै तनावपूर्ण स्थितिमा बाँच्नुहुन्छ भने यस्तो परिणाम आउँछ।’

प्रकाशित मिति : 12:57 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन