दुई वर्ष पछि बढ्न थाल्यो घरजग्गा कारोबार, पुषमा साढे ३ अर्ब राजस्व संकलन



सरकारको अस्थिर नीतिका कारण पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार अब बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरको तुलनामा पुषमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो ।

चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पुषमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुषमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

सरकारले गएको साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

प्रकाशित मिति : 1:10 am

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा