ग्यास सिलिन्डर विस्फोट हुँदा एक गम्भीर घाइते



बिर्तामोड । बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्।

स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले बताए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो ।

घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उहाँको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार ११:३८

ताप्लेजुङको खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको

ताप्लेजुङमा बीपी कोइरालाको सालिक निर्माण गरिने

ताप्लेजुङ । ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको

श्री युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजारको अक्षय कोष स्थापना

ताप्लेजुङ । युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजार

पाथिभरामा केबलकार निर्माणको पक्षमा मोटरसाइकल र्‍याली, चित्रकला मार्फत विरोध 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ ।  ‘हरेक विकासमा युवाहरूको साथ र

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)