शेयर बजार साढे ५४ अङ्कले बढ्यो, २ वर्षपछि आज ८ अर्ब रुपैयाँको कारोबार




ताप्लेजुङ । शेयर बजार मंगलबार (आज) उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक (नेप्से) आज ५४ दशमलव ५४ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव १७ विन्दुमा पुगेको छ । नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको साउन ८ गते नेप्से २२ सय विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १२ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ज्योति विकास बैंक बोन्ड २०८७ को शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज २ करोड ३३ लाख कित्ता शेयर ८ अर्ब २ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो । यसअघि २०७८ साल माघ २० गते ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 10:51 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)