पाथीभरा क्षेत्रमा सञ्चारलाई थप व्यवस्थित गर्न सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु गरिएको छ । सञ्चारलाई थप व्यवस्थित गर्न मन्दिर सहितका क्षेत्रमा सञ्चार सेट वाकीटकी प्रयोग गर्न सुरु गरिएको पाथीभार क्षेत्र विकास समितका अध्यक्ष रक्कि थेबेले जानकारी दिए ।


अध्यक्ष थेबेका अनुसार पाथीभरा क्षेत्रका सबै ठाउँमा पुर्णरुपमा मोवाईल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।


उक्त सञ्चार सेटहरु ति मध्येका केहि कर्मचारीले प्रयोग गर्ने छन् भने पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा रहेका कर्मचारी र पाथीभरा क्षेत्र विकास समितिका पदाधीकारीले समेत प्रयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।


उनका अनुसार उक्त वाकीटकी सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानुनी प्रकृया पुरा गरी टावर जडान गरेर प्रयोगमा आएको हो । अब भने पाथीभरा मन्दिर सहित आवश्यक ठाउँबाट पाथीभराको हरेक गतिविधिबारे सहज रुपमा सुचना आदान प्रदान हुने क्षेत्र विकास समितिले जनाएको छ ।


पाथीभरा मन्दिर सहित पदमार्गका कतिपय स्थानमा मोवाईल फोनको नेटवर्क नआउने लगायतका समस्या छन् ।
वाकीटकी सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने क्षेत्र विकास समितिको दाबी छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १०:०९

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै