श्रीमानको शव फेला, श्रीमती अचेत



ढल्केवर। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका –३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पु्रुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका –३, महदैयाका २२ वर्षीय राधे सहनीको शव फेला परेको छ । उहाँको श्रीमती २१ वर्षीया अस्मिता शर्मा अचेत अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले मोटरसाइकल दुर्घटनामा सहनीको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । शव भेटिएको स्थानमा दुर्घटनामा परेको मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ । सो स्थानबाट सहनीको दुई जना साथीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार महिनाअघि मात्र अस्मितासँग प्रेम विवाह गरेका सहनी आइतबार श्रीमतीसँगै पकरियास्थित ससुराली घर आएका थिए । ससुराली घर आएको केही बेरपछि उहाँलाई लिन दुई जना साथी आएका थिए । एउटा मोटरसाइकलमा आफू र श्रीमती र अर्को मोटरसाइकलमा दुई जना साथी सवार भएर क्षीरेश्वरनाथ नगरपालिको महेन्द्रनगर हिँडेको स्थानीयको भनाइ छ ।

महेन्द्रनगरतर्फ हिँडेको २०–२५ मिनटपछि अस्मिता माइती घर अगाडि अचेत अवस्था भेटिएकी थिइन् । छोरीलाई अचेत अवस्थामा देखेपछि पिता बिल्टु शर्माले ज्वाइँ र उनका साथीले मिलेर छोरीलाई कुटपिट गरी अचेत अवस्थामा घर अगाडि छाडेर भागेको हुनसक्ने शङ्का गर्दै अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुभएको थियो ।

उपचार पश्चात अस्मिता होसमा आएपछि मोटरसाइकल दुर्घटना भएको जानकारी आफन्तलाई गराएपछि दुर्घटनाबारे प्रहरीमा खबर गरेको थियो । दुर्घटना भएको स्थानको खोजी गर्दै जाँदा घटनास्थलमै सोमबार बिहान सहनीको शव फेला परेको थियो ।

गोरखापत्र

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०९:५४

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना

हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई

ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ