सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी



एजेन्सी । बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा बढीले बढ्न सक्ने विभागको अनुमान छ ।

ग्रीन हाउस ग्यासको उत्सर्जन, बढ्दो प्रदूषण, कार्बनडाइअस्काइड ग्यास, अलनिनोका कारण विश्वको तापक्रम वृद्धि भएको बीबीसीले जनाएको छ । प्रशान्त महासागरमा भएको मौसमको उतारचढावका कारण समुद्रको तातो पानी सतहमा आउने गर्छ । जसलाई अलनिनो भनिन्छ ।

तापक्रम वृद्धिका कारण सन् २०२३ मा पृथ्वीको जलचक्र पूर्णरुपमा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण विश्वभर असमान्य चक्रवात, बाढी, पहिरो, तुफानलगायतका विपत्ति आउने क्रम बढिरहेको अध्ययनमा उल्लेख छ ।

यो वर्षको मार्चमा आएको फ्रेडी तुफान, सेप्टेम्बरमा भूमध्य सागरमा आएको ड्यानियल तुफान, अक्टोबरमा प्रशान्त क्षेत्रमा आएको ओटिस तुफान र क्यानडाको जङ्गलमा लागेको आगलागी सन् २०२३ मा जलवायु परिवर्तनका कारण निम्तिएका ठूला विपत्ति हुन् । विश्व मौसम एट्रिब्युशन (डब्ल्यूडब्ल्यूए) ले मानवीय क्रियाकलापका कारण पृथ्वीको तापमान वृद्धिको सम्भावना १०० गुणाले बढ्न सक्ने जनाएको छ ।

सन् २०१५ को डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एक सय ९५ देशका नेताहरू विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा राख्न सहमति भएको थियो । ठूलाठूला मञ्चमा तापक्रम बढ्न नदिने कुरा उठ्छ तर ती कुरा कागजमा मात्र सीमित हुँदा तापक्रम लगातार बढिरहेको छ ।

प्रकाशित मिति : 1:46 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज