रास्वपा ताप्लेजुङद्धारा भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग




रेडियो काबेली
ताप्लेजुङ । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले भिजिट भिसाको दुरुपयोग र मानव तस्करीजस्ता गम्भीर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको छ।

जिल्ला उपसभापति दावा शेर्पाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको रास्वपाको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको ध्यानाकर्षण गराएको हो। संघीय संसदमा रास्वपाले उठाइरहेका मुद्दालाई साथ दिँदै जिल्लामा पनि पार्टीले दबाब प्रस्तुत गरेको जनाएको छ।

ज्ञापनपत्रमा हालै सार्वजनिक भइरहेका भिजिट भिसा दुरुपयोग र मानव तस्करीका घटनाहरूको प्रभावकारी छानबिनका लागि तत्काल उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। साथै, गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विगत केही वर्षयता भिजिट भिसाको नाममा व्यापक मानव तस्करी तथा संगठित अपराध भइरहेको आशंका गम्भीर छ। यसमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र विभिन्न देशीय नियोगहरूको संलग्नता रहेको हुन सक्ने हुँदा बहुआयामिक अनुसन्धान आवश्यक छ।”

रास्वपाले छानबिन समितिको कार्यक्षेत्र, संरचना, अधिकार र व्यवस्थापन स्पष्टसँग निर्धारण गरी कार्यसम्पादन समितिमार्फत गठन हुनुपर्नेमा जोड दिएको छ। साथै, छानबिन प्रक्रिया पारदर्शी र समयसीमा भित्र सम्पन्न हुनुपर्ने माग राखिएको छ।

मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने, र यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा जवाफदेहिता आवश्यक रहेको जनाउँदै ज्ञापनपत्रमा गृहमन्त्रीको राजीनामा माग गरिएको छ।

प्रकाशित मिति : 8:40 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ