सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी



एजेन्सी । बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा बढीले बढ्न सक्ने विभागको अनुमान छ ।

ग्रीन हाउस ग्यासको उत्सर्जन, बढ्दो प्रदूषण, कार्बनडाइअस्काइड ग्यास, अलनिनोका कारण विश्वको तापक्रम वृद्धि भएको बीबीसीले जनाएको छ । प्रशान्त महासागरमा भएको मौसमको उतारचढावका कारण समुद्रको तातो पानी सतहमा आउने गर्छ । जसलाई अलनिनो भनिन्छ ।

तापक्रम वृद्धिका कारण सन् २०२३ मा पृथ्वीको जलचक्र पूर्णरुपमा प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण विश्वभर असमान्य चक्रवात, बाढी, पहिरो, तुफानलगायतका विपत्ति आउने क्रम बढिरहेको अध्ययनमा उल्लेख छ ।

यो वर्षको मार्चमा आएको फ्रेडी तुफान, सेप्टेम्बरमा भूमध्य सागरमा आएको ड्यानियल तुफान, अक्टोबरमा प्रशान्त क्षेत्रमा आएको ओटिस तुफान र क्यानडाको जङ्गलमा लागेको आगलागी सन् २०२३ मा जलवायु परिवर्तनका कारण निम्तिएका ठूला विपत्ति हुन् । विश्व मौसम एट्रिब्युशन (डब्ल्यूडब्ल्यूए) ले मानवीय क्रियाकलापका कारण पृथ्वीको तापमान वृद्धिको सम्भावना १०० गुणाले बढ्न सक्ने जनाएको छ ।

सन् २०१५ को डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एक सय ९५ देशका नेताहरू विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा राख्न सहमति भएको थियो । ठूलाठूला मञ्चमा तापक्रम बढ्न नदिने कुरा उठ्छ तर ती कुरा कागजमा मात्र सीमित हुँदा तापक्रम लगातार बढिरहेको छ ।

प्रकाशित मिति : 1:46 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो