पाथिभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएको मासिक भेटी सार्वजनिक



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएको मासिक भेटी सार्वजनिक गरिएको छ । पाथिभरा क्षेत्र विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बैंकमा जम्मा गरिएको पौष महिनाको भेटी सार्वजनिक गरेको हो । 

चालु आर्थिक वर्षको पौष महिनामा विभिन्न बैंकमा ३५ लाख २९ हजार रुपैयाँ जम्मा भएको छ । मिति २०८० साल मंसिर मसान्त सम्मको जम्मा भेटी रकम ८ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ ४६ पैसा रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनु भएको छ । 

यस्तै पौष मसान्त सम्मको बैंक मौज्दात ८ करोड ७० लाख ५२ हजार ५४८ रुपैयाँ ४६ पैसा रहेको छ । क्षेत्र विकास समितिले यस अघि नै मासिक रुपमा दर्शनार्थीले पाथिभरा मन्दिरमा चढाएको भेटी रकम सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । 

सार्वजनिक विज्ञप्ति

प्रकाशित मिति : 12:29 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने