पाथिभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएको मासिक भेटी सार्वजनिक



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शनार्थीहरुले चढाएको मासिक भेटी सार्वजनिक गरिएको छ । पाथिभरा क्षेत्र विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बैंकमा जम्मा गरिएको पौष महिनाको भेटी सार्वजनिक गरेको हो । 

चालु आर्थिक वर्षको पौष महिनामा विभिन्न बैंकमा ३५ लाख २९ हजार रुपैयाँ जम्मा भएको छ । मिति २०८० साल मंसिर मसान्त सम्मको जम्मा भेटी रकम ८ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ ४६ पैसा रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनु भएको छ । 

यस्तै पौष मसान्त सम्मको बैंक मौज्दात ८ करोड ७० लाख ५२ हजार ५४८ रुपैयाँ ४६ पैसा रहेको छ । क्षेत्र विकास समितिले यस अघि नै मासिक रुपमा दर्शनार्थीले पाथिभरा मन्दिरमा चढाएको भेटी रकम सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । 

सार्वजनिक विज्ञप्ति

प्रकाशित मिति : 12:29 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन