सिरिजङ्गामा बिद्यालय हाता प्रयोग गरी दलका संगठन निर्माण गर्न नपाइने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा बिद्यालय हाता भित्र तथा बिद्यालयको सम्पत्ति प्रयोग गरी कुनैपनि राजनीतिक दल तथा दलसंग सम्वन्धित संगठन निर्माण गर्न नपाईने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दैै पालिकाका बिद्यालय हाता भित्र तथा बिद्यालयको सम्पत्ति प्रयोग गरी कुनैपनि राजनीतिक दल तथा दलसंग सम्वन्धित संगठन निर्माण गर्न रोक लगाएको हो ।


यस्तै पालिकाका बिद्यालय हाता भित्र तथा बिद्यालयको सम्पत्ति प्रयोग गरी कुनैपनि राजनीतिक दलगत आमसभा,गोष्ठी, अभिमुखीकरण,सम्मेलन तथा जुलुस गर्ने, बिद्यालय परिसरमा कुनैपनि राजनीतिक दलको नारा तथा प्रचार सामाग्री लेखेर टाँस्ने सहितका कार्य गर्न निषेध गरेको पालिकाले जनाएको छ ।


सूचनामा यस्ता गतिविधि नगर्न नगराउन सम्वन्धित सरोकारवाला सबैलाई आग्रह गरिएको छ । बिद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ लाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सम्वन्धमा चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फतनै प्रष्ट व्यवस्था गरिएका गाउँपालिकाले बताएको छ ।


सोहि अनुसार गाउँ शिक्षा समितिको गत पुस १० गते बसेको बैठकको निर्णय अनुसार बिद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ मा भएका व्यवस्था अनुरुपका कार्य नगर्न नगराउन पालिकाले भनेको छ ।


पालिकाले कुनैपनि समूहद्धारा बिद्यालय,बिद्यार्थी,शिक्षक,कर्मचारी तथा बिद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्नेगरी हातहतियार देखाउने,त्रास फैलाउने,कुटपिट गर्ने,बिद्यालय बन्द गराउने,बल प्रयोग गर्ने,धम्की दिने र जबरजस्ती चन्दा आतंक मच्चाउने जस्ता कार्य गर्न समेत रोक लगाएको पालिकाले जनाएको छ ।

गाउँपालिकाद्धारा जारी सुचना हेर्नुस:

प्रकाशित मिति : 2:44 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)