आठराई त्रिवेणी गाउँपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायो



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । पालिकाको २ नं. वडा फूलबारीमा आजबाट रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिपेन पोमु (दिपेन्द्र)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाका आम्बोटे, सिमलबोटे, खड्कुरे, धुसेनी, रमिते लगायतका स्थानीयले सेवा पाउने छन् । खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाले जनाएको छ । स्वास्थ्य सम्बन्धी परामर्श तथा औषधि प्रदानका लागि अनमी र अहेब १–१ जना राखिएको समेत अध्यक्ष पोमूले बताउनुभयो । वडामा स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै स्थानीयले सहजरुपले सामान्य भएपनि स्वास्थ्य सेवा पाउने विश्वास लिएका छन् ।

यसैबीच पालिकाले सुत्केरी संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत पोषण तथा सरसफाइ अन्र्तगत प्याकेज झोला बितरण गरेको गरेको छ । पालिकाका अध्यक्ष पोमू, उपाध्यक्ष शान्ता आङबुहाङ, २ नं। वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लगायतको उपस्थिति रहेको थियो । यस्तै भोलिदेखि अन्य वडाका महिलालाई समेत बितरण गरिने तयारी भइरहेको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : 1:06 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला