गुफापोखरीमा पूर्वी पहाडका चार जिल्लाको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक



ताप्लेजुङ । पूर्वी पहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा बैठकले शान्ति सुरक्षा सुद्रिढीकरण तथा अपराध नियन्त्रण,सीमा सुरक्षा र चोरी निकासी तथा पैठारी बिरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय लिएको छ ।

संखुवासभाको गुफापोखरीमा शनिवार सम्पन्न ताप्लेजुङ,संखुवासभा,धनकुटा र तेह्रथुमका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक उक्त निश्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । अन्तरदेशीय सीमा नाकाबाट हुने चोरी निकासी तथा पैठारी बिरुद्ध सीमा क्षेत्रका जिल्लाका सुरक्षा अधिकारीहरुबीच संयुक्त सहकार्य गर्ने बैठकको निर्णय रहेको बैठकमा सहभागी ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक मार्फत शान्ति सुरक्षा सुद्रिढीकरण र अपराध नियन्त्रणका लागि समेत सबै जिल्लाका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने निर्णय भएको छ । उल्लेखित जिल्लामा हुने र भईरहेका समसामयिक शान्ति सुरक्षा संग सम्वन्धित बिषयमा समेत बैठकमा छलफल भएको बताईएको छ । ‘बैठकको समग्र समय शान्ति सुरक्षा, अपराध नियन्त्रण र सीमा क्षेत्रबाट हुने चोरी निकासी तथा पैठारी बिरुद्धका बिषयमा केन्द्रित भयो’सहायक प्रजिअ भट्टराईले भन्नुभयो ।eujyalopost

प्रकाशित मिति : 12:56 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा