गुफापोखरीमा पूर्वी पहाडका चार जिल्लाको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक



ताप्लेजुङ । पूर्वी पहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा बैठकले शान्ति सुरक्षा सुद्रिढीकरण तथा अपराध नियन्त्रण,सीमा सुरक्षा र चोरी निकासी तथा पैठारी बिरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय लिएको छ ।

संखुवासभाको गुफापोखरीमा शनिवार सम्पन्न ताप्लेजुङ,संखुवासभा,धनकुटा र तेह्रथुमका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक उक्त निश्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । अन्तरदेशीय सीमा नाकाबाट हुने चोरी निकासी तथा पैठारी बिरुद्ध सीमा क्षेत्रका जिल्लाका सुरक्षा अधिकारीहरुबीच संयुक्त सहकार्य गर्ने बैठकको निर्णय रहेको बैठकमा सहभागी ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक मार्फत शान्ति सुरक्षा सुद्रिढीकरण र अपराध नियन्त्रणका लागि समेत सबै जिल्लाका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने निर्णय भएको छ । उल्लेखित जिल्लामा हुने र भईरहेका समसामयिक शान्ति सुरक्षा संग सम्वन्धित बिषयमा समेत बैठकमा छलफल भएको बताईएको छ । ‘बैठकको समग्र समय शान्ति सुरक्षा, अपराध नियन्त्रण र सीमा क्षेत्रबाट हुने चोरी निकासी तथा पैठारी बिरुद्धका बिषयमा केन्द्रित भयो’सहायक प्रजिअ भट्टराईले भन्नुभयो ।eujyalopost

प्रकाशित मिति : 12:56 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन