दक्ष खेलाडी उत्पादन गर्न मैवाखोलाले ५ महिने प्रशिक्षण सञ्चालन गर्ने



ताप्लेजुङ । दक्ष खेलाडी उत्पादन गर्न मैवाखोला गाउँपालिकाले ५ महिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । भलिबल र फुटबल खेलमा दक्ष खेलाडी उत्पादन गर्नका लागि पालिकाले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने भएको हो । गाउँपालिकाको प्रत्येक मा.वि.बाट यू १४, यू १६ र यू १९ उमेर समूहका विधार्थीहरू प्रशिक्षणमा सहभागी हनेछन् । प्रशिक्षणमा फुटबल तर्फ जिल्ला फुटबल संघ ताप्लेजुङका प्रशिक्षक डी. के. मादेन र भलिबल तर्फ धनकुटाका प्रशिक्षक गणेश तिगेलाले गर्नेछन् । ५ महिना सम्म चल्ने प्रशिक्षणबाट दुवै विद्यामा उत्कृष्ट २४ जना खेलाडी छनौट गरिने पालिकाले जनाएको छ । उत्कृष्ट २४ भित्र पर्ने खेलाडीलाई गाउँपालिकाको केन्द्र साँघुमा प्रशिक्षण प्रदान गरिनेछ ।

प्रकाशित मिति : 12:49 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो