दक्ष खेलाडी उत्पादन गर्न मैवाखोलाले ५ महिने प्रशिक्षण सञ्चालन गर्ने



ताप्लेजुङ । दक्ष खेलाडी उत्पादन गर्न मैवाखोला गाउँपालिकाले ५ महिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । भलिबल र फुटबल खेलमा दक्ष खेलाडी उत्पादन गर्नका लागि पालिकाले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने भएको हो । गाउँपालिकाको प्रत्येक मा.वि.बाट यू १४, यू १६ र यू १९ उमेर समूहका विधार्थीहरू प्रशिक्षणमा सहभागी हनेछन् । प्रशिक्षणमा फुटबल तर्फ जिल्ला फुटबल संघ ताप्लेजुङका प्रशिक्षक डी. के. मादेन र भलिबल तर्फ धनकुटाका प्रशिक्षक गणेश तिगेलाले गर्नेछन् । ५ महिना सम्म चल्ने प्रशिक्षणबाट दुवै विद्यामा उत्कृष्ट २४ जना खेलाडी छनौट गरिने पालिकाले जनाएको छ । उत्कृष्ट २४ भित्र पर्ने खेलाडीलाई गाउँपालिकाको केन्द्र साँघुमा प्रशिक्षण प्रदान गरिनेछ ।

प्रकाशित मिति : 12:49 pm

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)