राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा काँग्रेस ताप्लेजुङद्वारा सरसफाई



रेडियो काबेली

ताप्लेजुङ । ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा सरसफाई गरेको छ । दिवसको अवसरमा सोमबार काँग्रेसले फुङ्लिङ बजार र तोक्मेडाँडास्थित बसपार्क क्षेत्रमा सरसफाई गरि ठाउँ ठाउँमा फोहोर राख्ने भाँडा (डस्विन) राखिएको काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तृम्याहाङले बताए ।

सभापति तृम्याहाङको नेतृत्वमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो । काँग्रेसका संस्थापक बीपी कोइरालासहितका नेता आठ वर्षसम्म निर्वासनमा रहेर २०३३ साल पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरणमा त्यस दिन अर्थात पुस १६ गते कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

सरसफाई कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत भातृसंस्थामा आवद्ध कार्यकर्ताको सहभागी बनेका थिए ।

प्रकाशित मिति : 1:52 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान