राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङद्धारा सङ्गठन विस्तार गर्ने क्रम तिब्र




ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले जिल्लाका ६१ वटै वडामा आफ्नो सङ्गठन बिस्तार गर्ने क्रममा शुक्रबार मिक्वाखोला गाउँ पालिका वडा नम्बर १ र २ मा पार्टीको वडा सम्पर्क कार्यालय शुभराम्भ र प्रथम वडा अधिबेशन सम्पन्न गरेको र यस अघि मंसिर ३० मा थुम्बेदिनमा वडा कमिटी गठन तथा कार्यालय सुभारम्भ भै सकेको क्षेत्रीय निर्वाचन समिति सभापति हरिप्रसाद थापाले जानकारी गराए ।


कार्यक्रमा प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठ, निर्वाचन क्षेत्रीय उपसभापति मनिषा भट्टराई कार्की, निर्वाचन क्षेत्रीय सचिब दुर्गा प्रसाद न्यौपाने, सङ्गठन बिभाग सम्योजक छत्र बि.क., ¥यापिड एक्सन टिम (¥याट) संयोजक दावा शेर्पा, गुनासो ब्यबस्थापन बिभाग संयोजक लिलाराज पौडेल, शिक्षा बिभाग संयोजक तथा कार्यालय सचिब नरेन्द्र पौडेल , महिला तथा बालबालिका बिभाग संयोजक सुशिला कार्की भुटिया, नगर संयोजक राजन गुरुङ , नगर सचिव युवराज बराल लगायतका टोलि जिल्लाबाट कार्यक्रममा सहभागी भएका थिए ।

दुबै वडाहरुमा स्थानीयहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । दुबै वडा सम्पर्क कार्यालयको ब्यानर पढेर प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठले वडा सम्पर्क कार्यालयको सुभारम्भ गरेका छन् ।


वडा नम्बर २ थापा गाउँको महिला भवनको प्राङ्गणमा सम्पन्न कार्यक्रमको अध्यक्षता होम प्रसाद बगाले ( दिलकुमार) ले गरेका थिए । रास्वपाको फर्मेट अनुसार कार्यक्रममा उपस्थित जेष्ठ नागरिक टङ्क बहादुर थापा, प्रेम बगाले, कृष्ण प्रसाद थापा, बमबहादुर बगालेहरुलाई कार्यक्रमको प्रमुख र बिशिस्ट आतिथ्यता गराईएको थियो । कार्यक्रममा स्थानीय तथा जिल्लाबाट गएका पार्टीका पदाधिकारीहरुले आआफ्नो भुमिका अनुरुपको मन्तव्य प्रस्तुत गरेका थिए ।


वडा नम्बर २ को अधिबेशनबाट सभापतिमा राजेन्द्र प्रसाद थापा, उपसभापतिमा बुध कला खत्री, सचिवमा कृष्ण प्रसाद ओझा, सदस्यहरूमा निशा बस्नेत, सीता बगाले, रिन्जिन शेर्पा, विरु मादेन, लक्ष्मी प्रसाद थापा, बम बहादुर थापा र दिलिप बस्नेत सर्वसम्मत चयन भएका छन् । त्यस्तै सल्लाहकार समिती तर्फ संयोजकमा कृष्ण प्रसाद थापा, सदस्यहरुमा बिष्णुलाल पन्त, प्रेमप्रसाद बगाले, टङ्क प्रसाद थापा, कमल बहादुर बगाले चयन भएका छन् ।

¥यापिड एक्सन टिम (¥याट) समिति तर्फ संयोजकमा तिल प्रसाद खोक्लिङ, सह संयोजकमा गणेश दाहाल, सदस्यहरूमा डम्बरबहादुर थापा, वीरमणी थापा, राजन कार्की, हरिप्रसाद बस्नेत, मण्डप थापा चयन भएका छन । यसै गरि वडा नम्बर एक मा क्षेत्रीय निर्वाचन समिति सदस्य डम्बर साँवाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भने जेष्ठ उमेरकी भद्रीका थापा र दुर्गादेवी थापालाई कार्यक्रमको प्रमुख र बिशिष्ठ आतिथ्यता ग्रहण गराईएको थियो ।


यसै गरि स्थानीय रास्वपा सदस्य दुर्गा थापाले स्वागत मन्तव्य राख्दै वडा नम्बर १ र २ मात्र नभई मिक्वाखोला गाउँपालिकालाई जिल्लाको उत्कृष्ट सङ्गठन भएको पालिका बनाउन लागि पर्नेमा जोड दिदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको मन्तव्य राख्ने क्रममा जिल्ला ¥यापिड एक्सन टिम (¥याट) संयोजक दावा शेर्पाले आफ्नो उमेरको २४ बर्ष (जोशिलो उमेर), घरघरमा ग्यास पाईप, पानी जहाज, रेल जस्ता झुटा मुद्दाको प्रचार गराई आफू जस्ता हजारौ युवाहरूलाई झुटको व्यबहार गराउन पार्टीले सिकाएको र आफू भगवान बुद्धको अनुयायी समेत रहेकोले सत्यलाई साक्षात्कार गर्दै रास्वपामा प्रवेश गरेको बताए ।

साथै उनले रास्वपा पार्टीले छोटो समयमा संसदमा देखाएको व्यवहार, हरेक मुद्दालाई उठान गरेको तरिका र ताप्लेजुङ जिल्लामा सभापति आउदा भएको छलफल र बेलाबेलामा हुने प्रशिक्षण तथा संवादहरुले पार्टी पंगतिहरुको बिचार अत्यन्तै उत्कृष्ट रहेको अनुभव सुनाए ।


आफू ¥यापिड एक्सन टिम (¥याट) को संयोजक भैरहदा जिल्लाको ठूलो युवा दस्ता यस्मा आउनु पर्ने र यस्ले विपद् व्यवस्थापन र सामाजिक कार्यहरुमा सहयोग गर्ने बताए । ¥यापिड एक्सन टिम (¥याट) ले अन्य दलका युवा दस्ता जस्तो तोडफोड, हुलदङ्गामा सहभागी पटक्कै नहुने बताउदै दुबै वडामा ¥यापिड एक्सन टिम (¥याट) को वडा टिम खडा गर्न आग्रह गरे ।


वडा नम्बर १ को अधिबेशनबाट सभापतिमा तोमप्रसाद अधिकारी, उपसभापति भिमादेवि बि.क., सचिवमा दिल कुमार लिम्बु सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राम केदेम, अर्जुन मगर, अमृत लिम्बु, अर्जुन गिरि,सपना नेपाली, गोमा अधिकारी,लक्षिमाया थापा चयन भएका छन् ।


सल्लाहकार समिती तर्फ संयोजकमा पहलमान अधिकारी, सदस्यहरुमा सन्तोष थापा, केदार पुरी, सुखबहादुर लिम्बू, शंकर अधिकारीहरु चयन भएका छन् । ¥यापिड एक्सन टिम (¥याट) समिति तर्फ संयोजकमा छत्र लिम्बु सह–संयोजकमा सुनिल गिरि, सदस्यहरू पर्शुराम गिरि, सुनिल तुम्बापो, गोपाल खवास, रमेश गौतम, योगेन्द्र गिरि चयन भएका छन ।


दुबै वडाका पदाधिकारीहरुलाई प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सो सँगै पार्टीको काम, नीति, मिसन २०८४ को बिषयमा प्रष्ट्याउदै, गाउँको मौजुदा स्थानीय सरकारले गरेको राम्रो कामलाई काध थापेर सहयोग गर्न र कुनै पनि किसिमको बेथितीको डटेर सामना गर्नपनि पनि निर्देशन दिए ।


जान्ने, असल अनि ईमान्दार ब्यक्तिलाई मात्र वडाध्यक्ष, पालिका अध्यक्षको उम्मेद्वार चयन गर्नु पर्ने र त्येस्ता ब्यक्तिहरुको पहिचान गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई प्रदेश कमिटी सदस्य श्रेष्ठले सुझाव दिए । जिल्लाका ईतिहासलाई लिपिबद्ध पार्न कटिबद्ध रहेका विद्धान राजेश्वर बगाले थापा लगायत मुर्धन्य राजनीतिज्ञहरु जन्मिएका मिक्वाखोलालाई नमन गर्दै, राजनीतिका धरोहर स्व. अम्बिका साँवाको सपना अब रास्वपाले पूरा गर्नु पर्ने भन्दै राजनीतिका धरोहर स्व. अम्बिका साँवालाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे ।


रास्वपाले हरेक वडा, पालिका र जिल्लाको सम्भावनाको खोजी गरि मिसन ०८४ मा डटेर सबै वडा र पालिकामा जीत हाँसिल गर्ने मात्र हैन जनप्रतिनिधि कस्तो हुनु पर्छ ? पालिका र वडाका बिकास र समृद्धि कसरी गर्नु पर्दछ ? मिक्वाखोला मात्र हैन ताप्लेजुङलाई एक नमुना जिल्ला बनाउन जिल्लाका प्रचुर पर्यटन, कृषि, जडिबुटी, अलैंची, चिराईटो, पशुपालन, स्वच्छ उर्जा उत्पादन, आईटी तथा शिक्षा, पाथीभरा, दिक्कीछ्योली गुम्बा, फक्ताङ्लुङ, सिदिङ्वा, सिरिजङ्घा लगायतमा पर्यटक लोभ्याउने वातावरण बनाउने कार्यक्रम ल्याउन आवश्यक आन्तरिक गृहकार्यमा रास्वपा ताप्लेजुङ जुटिरहेको पनि प्रदेश कमिटी सदस्य श्रेष्ठले बताए ।


त्यस्तै उनले जिल्लामा जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेका र ती आयोजनाहरुबाट स्थानीय प्रभावित क्षेत्रमा पाउने सि.यस.पी., रोजगारी, रोयल्टी, गिट्टी बालुवा प्रयोग गरे बापतको दहत्तर बहत्तर करको बिषयमा स्थानीय सरकारले गरेको ब्यबहारमा निगरानी राख्न सुझाए ।


जिल्लाका ठुला नदिहरुमा बिद्युत आयोजना बन्नु पर्ने र गाउँका ठाडा खोलाहरु सिचाईमा प्रयोग गरि आकाशे पानीमा निर्भर मौसमी खेतीपातीको पद्धतिलाई परिवर्तन गरि व्यवसायिक खेतीको थालनी गरेर ताप्लेजुङको कृषिलाई एक नजिरको रुपमा स्थापना गरि मुलुक कृषि प्रधान हो भन्ने प्रमुख एजेन्डा रास्वपाको बन्नेमा विश्वस्त रहेको श्रेष्ठको भनाई छ ।

त्यस्तै श्रेष्ठले ताप्लेजुङको “प्रदेश ख“ मा आवासिय सुबिधा भएको सम्पुर्ण पुर्वाधार सहितको बिद्यालयको आवश्यकता आफ्नो पहिलो सपना भएको जानकारी गराए । कार्यक्रमको समापन अघि दुबै वडाका नवनिर्वाचित सभापति द्वयले प्रतिबद्धता ब्यक्त गरिसके पश्चात कार्यक्रमका अध्यक्षले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १४:५९

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक

पाथिभरामा दर्शनार्थीको चाप बढ्न थाल्यो, आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगे

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज