‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपः बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङ खेल्दै



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी ‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’को क्वाटर फाइनल चरणको अन्तिम खेलमा शनिबार (आज) बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङबीच आमनेसामने हुँदैछन् । खेल दिउँसो १ बजे भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

आजको विजेताले पाँचथर फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको क्वाटर फाइनलको तेश्रो खेलमा रारा फुटबल क्लब धनकुटालाई १–० गोलअन्तरले पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा पुग्ने तेश्रो टिम बनेको हो। यस अघि आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबलाई पराजित गर्दै चक्रघट्टी फुटबल क्लब,सुनसरी सेमिफाईनलमा प्रवेश गरि सकेको छ ।

चासोक तङ्नामको अवसरमा कञ्चनजङ्घा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो फुङलेङ र चासोक तङनाम सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार ०२:०४

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको