‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपः बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङ खेल्दै



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी ‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’को क्वाटर फाइनल चरणको अन्तिम खेलमा शनिबार (आज) बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङबीच आमनेसामने हुँदैछन् । खेल दिउँसो १ बजे भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

आजको विजेताले पाँचथर फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबार भएको क्वाटर फाइनलको तेश्रो खेलमा रारा फुटबल क्लब धनकुटालाई १–० गोलअन्तरले पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा पुग्ने तेश्रो टिम बनेको हो। यस अघि आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबलाई पराजित गर्दै चक्रघट्टी फुटबल क्लब,सुनसरी सेमिफाईनलमा प्रवेश गरि सकेको छ ।

चासोक तङ्नामको अवसरमा कञ्चनजङ्घा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो फुङलेङ र चासोक तङनाम सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:04 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)