चासोक तङ्नाम २०८०ः विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ । लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नामको अवसरमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ । सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा बुधबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा भानुजन माध्यमि विद्यालयका प्रतिक पुरी प्रथम भएका हुन् ।

त्यस्तै लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय (सिकुम लिम्बु) द्वितीय, अक्सफोर्ड आवासीय माध्यमिक विद्यालय (कृषा पौडेल) तृतीय र सेन्ट म्यारिज बोर्डिङ स्कुल (गोमा दाहाल) सान्त्वना भएको छ ।

प्रथम हुनेलाई नगद पाँच हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार सहित प्रमाण पत्रको व्यवस्था गरिएको र उक्त पुरस्कार चासोक तङनामको समापनका दिन ११ गते भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वितरण गरिने आयोजकले जनाएको छ ।


चासोक तङनामको महत्वलाई अझ फैलाउन र विधार्थीको वाककलाको क्षमता विकास गर्न प्रतियोगिताको आयोजना गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले बताए । प्रतियोगितामा फुङलिङ नगरपालिकाका विभिन्न आठवटा विद्यालयको सहभागिता रहेको थियो ।


रमाईलो र नाँच गान मात्रै नभएर विद्यालयस्तरमा नै चासोक तङनामको महत्व बारे जानकारी गराउने उद्येश्यले लिटल बुद्ध बोर्डिङ स्कुलको संयोजनमा वक्त्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युबराज गिरीले जानकारी दिए ।


चासोक तङ्नाम सञ्चालन समितिका संयोजक थेबेका अनुसार वक्तृत्वकलासँगै चासोक तङ्नाममा लिम्बू संस्कृतिमा आधारित धान नाच, च्याब्रुङ नाच, हाक्पारे, ख्यालीजस्ता प्रतियोगितात्मक कार्यक्रम पनि राखिएको छ।


यस्तै चासोक तङ्नामकै अवसरमा कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता पनि आयोजना गरिएको छ । फुटबल प्रतियोगिता जारी रहेको छ भने बुधबार सुरु भएको चासोक तङ्नाम कार्यक्रम पुस ११ गते बुधबार पुरस्कार वितरणसँगै सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : 1:21 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ