चासोक तङ्नाम २०८०ः विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ । लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नामको अवसरमा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय वक्तृत्वकलामा भानुजन माध्यमिक विद्यालय प्रथम भएको छ । सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा बुधबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा भानुजन माध्यमि विद्यालयका प्रतिक पुरी प्रथम भएका हुन् ।

त्यस्तै लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय (सिकुम लिम्बु) द्वितीय, अक्सफोर्ड आवासीय माध्यमिक विद्यालय (कृषा पौडेल) तृतीय र सेन्ट म्यारिज बोर्डिङ स्कुल (गोमा दाहाल) सान्त्वना भएको छ ।

प्रथम हुनेलाई नगद पाँच हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार सहित प्रमाण पत्रको व्यवस्था गरिएको र उक्त पुरस्कार चासोक तङनामको समापनका दिन ११ गते भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वितरण गरिने आयोजकले जनाएको छ ।


चासोक तङनामको महत्वलाई अझ फैलाउन र विधार्थीको वाककलाको क्षमता विकास गर्न प्रतियोगिताको आयोजना गरिएको चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्र थेबेले बताए । प्रतियोगितामा फुङलिङ नगरपालिकाका विभिन्न आठवटा विद्यालयको सहभागिता रहेको थियो ।


रमाईलो र नाँच गान मात्रै नभएर विद्यालयस्तरमा नै चासोक तङनामको महत्व बारे जानकारी गराउने उद्येश्यले लिटल बुद्ध बोर्डिङ स्कुलको संयोजनमा वक्त्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युबराज गिरीले जानकारी दिए ।


चासोक तङ्नाम सञ्चालन समितिका संयोजक थेबेका अनुसार वक्तृत्वकलासँगै चासोक तङ्नाममा लिम्बू संस्कृतिमा आधारित धान नाच, च्याब्रुङ नाच, हाक्पारे, ख्यालीजस्ता प्रतियोगितात्मक कार्यक्रम पनि राखिएको छ।


यस्तै चासोक तङ्नामकै अवसरमा कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता पनि आयोजना गरिएको छ । फुटबल प्रतियोगिता जारी रहेको छ भने बुधबार सुरु भएको चासोक तङ्नाम कार्यक्रम पुस ११ गते बुधबार पुरस्कार वितरणसँगै सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:२१

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ