चासोक तङ्नामको अवसरमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप सुरु, चक्रघट्टी सँग आयोजक पराजित



ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप आजबाट सुरु भएको छ । फुङलिङ नगरपालिकाको नगर प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा गोल्ड कप सुरु भएको छ ।

भानु जन मा। वि। को खेल मैदानमा आज भएको उद्घाटन खेलमा चक्रघट्टी फुटबल क्लब सुनसरीले आयोजक क्लब कञ्चनजंघा क्लब फुङलिङ ताप्लेजुङलाई २-१ गोलको अन्तरले पराजित गरेको छ । 

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक कञ्चनजंघा फुङलिङ क्लबले जनाएको छ । जसमा सगरमाथा युथ क्लब मोरङ, बी।टि।फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र आज जित हासिल गर्ने चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहेको छ । 

त्यस्तै आयोजकको तर्फबाट कञ्चनजंघा फुङलिङ क्लबले खेलमा सहभागिता जनाएको हो । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । 

त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङ प्रतियोगितामा धरान र झापाले पनि सहभागिता जनाउँने आयोजकले जनाएको छ । च्याब्रुङतर्फ प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । 

धन नाच तर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ५६ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका अध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । 

प्रतियोगिताको सेमिफाइनल अघिका सबै खेलको प्रवेश शुल्क जनही एक सय रुपैयाँ निर्धारण गरिएको समेत आयोजक संस्थाले जनाएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा साङ्गतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । चासोक तङनाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले कार्यक्रमको संयोजन समन्वय गरेका छन् ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १२:३७

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै