“पुषे मेला स्वर्ण महोत्सव २०८०” को उद्घाटन हुँदै



रेडियो काबेली

ताप्लेजुङ् । आईतबार उद्घाटन हुने भनिएको पुषे मेला स्वर्ण महोत्सव २०८० को उद्घाटन सोमाबार (आज) हुने भएको छ । यातायात बन्दको कारण खेलाडीहरू समयमै आइपुग्न नसकेकाले उद्घाटन मिति आजका लागि सारिएको थियो ।

मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा आयोजित उक्त मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिने समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताए ।


उनका अनुसार ५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुदैछ । आगामी पुष ५ गतेसम्म जारी रहने मेलामा भलिबल प्रतियोगिताका लागि चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्कीम, भारत, नगर खेलकुद विकास समिति, गलकोट बाग्लुङ, भोजपुर भलिबल क्लब भोजपुर, पाथीभरा टाइगर भलिबल क्लब दमक झापा, सङ्खुवासभा भलिबल क्लब सङ्खुवासभा, सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लब आमन्त्रित क्लबको रुपमा सहभागी हुने भएका छन् ।

गृह जिल्लाको तर्फबाट मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला भलिबल क्लबले सहभागिता जनाउने भएका छन् । प्रत्येक टिमले २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेल खेलेका खेलाडी समेत सहभागी गराउने सूचना प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुँदा उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । भलिबल खेल सँगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०३:५७

साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सवमा विविध कार्यक्रमहरु सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फुङलिङनगरपालिका स्थित सुकेटारमा अवस्थित श्री साङ्क

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक

मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी

ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते

२ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण

ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले शपथ