पुषे मेलाको अवसरमा मेरिङदेन गाउँपालिकाले दियो दुई दिन स्थानीय बिदा 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । ताप्लेजुङको दोभानमा विगत ५० वर्ष देखि लाग्दै आएको ऐतिहासिक पुषे मेलाका लागि गाउँपालिकाले दुई दिन स्थानीय विदा दिने निर्णय गरेको हो । 

कार्यपालिकाको निर्णय अनुसार  पुष ३ र ४ गते स्थानीय बिदा दिइएको मेरिङदेन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहले जानकारी दिनुभयो । बिदाका दुई दिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं. ५ चाँगेको संगमस्थल दोभानमा मेला आगामी ५ गतेसम्म लाग्दै छ । आज उद्घाटन हुने भनिएको मेला यातायात बन्दका कारण खेलाडीहरू आइपुग्न नसकेकाले भोलि ७ बजे उद्घाटन हुने पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हेम  सिरिङ चोङबाङले जानकारी दिनु भएको छ ।  

प्रकाशित मिति : 12:16 pm

ताप्लेजुङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ताप्लेजुङ, माघ २४ गते । ताप्लेजुङमा १६ औँ राष्ट्रपति रनिङ

ओलाङचुङगोलाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक 

ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका

प्रथम शहीद कप : उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा भिड्दै 

ताप्लेजुङ, माघ २१ गते । प्रथम शहीद कपको उपाधिका लागि

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने