राष्ट्रियसभा निर्वाचनका लागि १२ दल भए दर्ता



राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ ओटा दल दर्ता भएका छन्।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको ५ दिनको समयसीमाअनुसार अन्तिम दिन शुक्रवार सम्म १२ ओटा दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।

नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि आयोगमा दल दर्ता गरेका छन्।

प्रवक्ता पौडेलले आगामी सोमवार अन्तिम नामावली सूची प्रकाशन गरिने बताउँदै अब दल दर्ता हुन नसक्ने प्रष्ट पारेका छन्।

आयोगले दल दर्ताका लागि विभिन्न दलले दिएको निवेदनउपर छानबिन गरेका दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ। आयोगमा दर्ता भएका १२ ओटा दल विधिपूर्वक आएका छन् कि छैनन‚ कानुनबमोजिम योग्य छन् कि छैनन् छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगले माघ ११ गतेको निर्वाचनका लागि निर्वाचन अधिकृतहरुको नियुक्ति प्रक्रियासमेत अगाडि बढाएको छ। आयोगले निर्वाचन कार्यालय स्थापनादेखि मतदाता नामावली प्रकाशन गर्ने तयारीसमेत थालेको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : 1:01 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान