७ महिनापछि बालकृष्ण खाँण १५ लाख धरौटीमा थुनामुक्त




रेडियो काबेली

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो । उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १४:०७

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा

ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन्