सिदिङ्वा आपत्तकालीन कोषका लागि देउसी भैलो २०८० मार्फत छ लाख बढीको अक्षयकोष स्थापना



रेडियो काबेली । समाजमा युवाको भुमिका कति अपरिहार्य बनेको छ, यसको जवलन्त उदाहरण हो समृद्ध सिदिङ्वा नागरिक एकता समाज । समाजमा भैपरी आउने विभिन्न समस्यामा नागरिकको हातमा हात समाउदै विपद्मा आवाजबिहिन बनेकाहरुलाई मल्हम पट्टि लगाएर हिडिरहेको सिदिङ्वाको गर्व गर्न लायक संस्था हो ।

गएको बर्षामा ताप्लेजुङमा बाढिको ताण्डब अत्यन्तै बिनाशक थियो । सयौँ घर, जग्गा, जमिन बगाईनु र केही नागरिकले ज्यान समेत गुमाएको अवस्थामा यो संस्थाले देश बिदेशमा रहेका सयौँ सुन्दर मनहरु बाट १६ लाख अधिक रकम सङ्कलन गरि पारदर्शी तवरले वितरण समेत गरेको थियो ।

समृद्ध सिदिङ्वा नागरिक एकता समाजले विपद्को लागि अक्षयकोष निर्माण गर्ने हेतु सिदिङ्वा गाउपालिकाको ७ वटै वडाको १५ विभिन्न केन्द्रमा देउसी भैलो २०८० कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको संचालनको जिम्मा संस्थाका सचिब कृष्ण गौतम र अध्यक्ष प्रकाश भण्डारीले अन्य सक्रिय सदस्यहरुको साथमा गरेका थिए ।

प्रत्येक कार्यक्रममा जिल्लाका माननीय र प्रबुद्ध बर्गहरुको प्रमुख आतिथ्यतामा उक्त देउसी भैलो कार्यक्रम संचालन गरिएको थियो । सिदिङ्वा गाउँपालिका वडा नम्बर १ को तेम्बोक केन्द्रबाट प्रतिनीधि सभाका सांसद माननीय लिलादेबी बोखिमको प्रमुख आतिथ्यतामा देउसी भैलो कार्यक्रमको शुभारम्भ भएको थियो भने वडा नम्बर ४ को साब्लाखु केन्द्र (क) मा पालिकाका उपाध्यक्ष कृष्ण कुमारी कडरिया (बन्दना) को प्रमुख आतिथ्यमा देउसी भैलो समापन कार्यक्रम भएको थियो ।

यसै गरि तय भएका १५ वटै देउसी भैलो केन्द्रमा प्रमुख अतिथिहरु माननीय योगेश भट्टराई, गाउँपालिका अध्यक्ष मान बहदुर राई, समाजसेवी गीता कुमारी सेन्दाङ् लिङ्देन, समाजसेवी प्रदिप राई, गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी कडरिया बन्दना, धर्म राज घिमिरे, समाजसेवी नरेन्द्र कटुवाल, देउबहादुर ताम्लिङ, पुर्व पालिका उपाध्यक्ष जीवन ताम्लिङ, भानु मा.वि का प्रधानाध्यापक तथा समाजसेवी किशोर राई, पाथीभरा क्याम्पसका प्रमुख सजन पौडेलबाट प्रमुख आतिथ्यता ग्रहण गरि सभ्य एव्म भव्य कार्यक्रम संचालन भएको थियो ।

बिशेष सहयोग र आतिथ्यता नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ, मणिशंखर पोमु, राजकुमार बाँनिया, प्रकाश राई, जय खड्का, राजेन्द्र ईधिङ्गो र पालिकाका बुद्धिजीवी तथा भद्रभलाद्मीहरुको रहेको थियो । विभिन्न १५ वटा केन्द्र गरि ५०४ घरपरिवारले देउसिमा सहभागिता जनाएका थिए ।

देउसी भैलो कार्यक्रमलाई औपचारिक रुप दिनको लागि स्थानीय कलाकारहरु टीका लिङ्देन, सुनिता पन्धाक, देबीका गौतम ,अस्मि लिङ्देनले साथ दिएका थिए भने आमन्त्रित अतिथी गायक ईन्जिनियर वीरेन्द्र श्रेष्ठले विभिन्न केन्द्रमा आफ्नो लोकप्रिय गितहरु प्रस्तुत गरि कार्यक्रमको शोभा बढाउने काम गरेका थिए ।

कार्यक्रमको विभिन्न पाटोलाई सबल र सफल पार्न कार्यक्रमको ब्यानर ओमेंछा राई, मेहेले, सुरुम्खिम र साब्लाखुको समापन कार्यक्रममा कमल बानियाँले साउन्ड सिस्टम, वडा नं. १ का अध्यक्ष गोपाल बाीँनिया (कालीखोला) र आङ्खोपमा जगत कडरिया र सिंहदेबी मा.वि का प्रधानध्यापक टेक बहादुर महत (साब्लाखु) देउसे भैलो टोलिलाई खाना ब्यबस्था गरि दिएका छन । समाजसेवी पदम गौतमले संस्थाको लागि निःशुल्क कार्यालयको लागि पालिका सदरमुकाममा एउटा कोठा प्रदान गरेका छन ।

समृद्ध सिदिङ्वा नागरिक एकता समाजले यस अघि स्थानीय सरकार सग सहकार्य गरि विभिन्न प्रकारका मानवीय सामाजिक कार्य गर्दै आएको छ । कार्य निरन्तरताको क्रममा वडा नं. ६ का सम्पुर्ण बिद्यालयहरुलाई लक्षित गरि ६ लाख रुपैँया भन्दा माथिको अक्षय कोष निर्माण गरिसकेको छ भने राज कुमार बाँनिया नेतृत्वमा बिपद सहयोग अभियान सिदिङ्वालाई यस संस्थाले सहकार्य गरि गत असार २ गते देखी आएको अविरल बर्षाका कारण गएको बाढी पहिरो पिडितहरुलाई लगभग १६ लाख बराबरको राहत सङ्कलन गरि वितरण समेत गरिसकेको छ ।

संस्थाकै सक्रिय सदस्य राज याख्खाको नेतृत्वमा फरक क्षमता भएको दिदी भाई को घर बनाउने अभियान बाट बचेको रकम आठ हजार पनि आपतकालीन कोषमा जम्मा गरिदिएका छन।

समग्र कार्यक्रमको समन्वयकारी भूमिका प्रवासमा रहेका केसब राज गौतम, कबिराज ताम्लिंग लिम्बु र आर्थिक हिसाब किताबको लागि भवानी माङ्मुले प्रबासबाट सहयोग गरेका छन । डिजिटल धन्यवाद पत्र राजकुमार बानियाँले तैयार गरेका थिए भने विभिन्न कानुनी र अफिसको प्रशासनिक कार्य दिवस भण्डारीले गरेका छन ।

जिल्लामै पहिलो पटक सिदिङ्वाले यति धेरै उच्च लब्ध प्रतिष्ठित ब्यक्तिको उपस्तिथिमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।पैसा सङ्कलन गरेर निजि प्रयोजन वा बनभोज हैन असल कार्यको लागि जुट्दा सबै गाउँलेहरु जुट्ने सन्देश सिदिङ्बाले सम्प्रेषण गरेको छ । सिदिङ्वामा जन्म भै हाल इलाममा बसोसबास गरिरहेका प्रकाश मान कडरियाले यसै देउसी भैलोको माध्यमबाट असल कार्यको लागि पचास हजार सहयोग गर्ने प्रतिबद्दता गरेका छन ।

ईन्जिनियर वीरेन्द्र श्रेष्ठले ताप्लेजुङ् एक हिमाली जिल्ला रहेको र यसको भुगोल अन्य पहाडी जिल्ला भन्दा अप्ठ्यारो र संवेदनशील रहेकोले राज्यले बिपद व्यवस्थापनमा जोड मात्र हैन, जँहितही यत्र तत्र छरिएर रहेका असरल्ल बस्तीहरुलाई सुरक्षित भुगोलको खोजी गरि सुबिधा सम्पन्न एकतृत बस्तीको व्यवस्थापन अनिवार्य गरिनु पर्ने विषय गाउँ गाउँमा बुझाएका थिए । साथै सिदिङ्वाले आफुलाई देउसी भैलोमा निम्तो दिएर गाउँ गाउँमा पुग्न सहयोग गरिदिएकोमा आयोजक र बिशेषत सिदिङ्बामा जन्म भै प्रवासमा रहेका केशव गौतम प्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १४:२६

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल

तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की

रेडियो काबेलीताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन

फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु