मितेरी फुटबल क्लब तेह्रथुमले किराँत गोल्डकपको दोश्रो र तेस्रो संस्करण खेल्न नपाउने,  विदेशी खेलाडी पेपेलाई कुनै प्रतियोगितामा सहभागि नगराउने 



 पाँचथरमा । मितेरी फुटबल क्लब तेह्रथुमले पाँचथर फुटबल क्लबले आयोजना गरेको किराँत गोल्डकपको दोश्रो र तेस्रो संस्करण खेल्न नपाउने भएको छ । जारी किराँत गोल्डकप प्रतियोगिताको उद्धघाटन खेलमा समय सकिन २ मिनेट बाँकी छंदै मैदान छाडेका कारण आयोजक पाँचथर क्लबले कारबाही गर्दै यस्तो निर्णय गरेको हो । 

आयोजक पाँचथर फुटबल क्लब एक विज्ञप्ति जारी गर्दै मितेरीका विदेशी खेलाडी पेपेले खेलमैदानमा खेल रेफ्री माथि अभद्र व्यवहार गरेकाले पेपेलाई पाँचथर फुटबल क्लबले आयोजना गरेको कुनै प्रतियोगितामा सहभागि हुन नपाउने गरी कारबाही गरेको समेत जनाएको छ ।

शनिबार आयोजक पाँचथर फुटबल क्लब र मितेरी क्लब बिच भएको खेलमा २ खेलाडीले रातो कार्ड पाए पछि मितेरीका प्रशिक्षक, समर्थकहरू मैदानमा पसेर रेफ्रीसँग विवाद गर्दा खेल तनावग्रस्त बनेको थियो । निरन्तर विवादपछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरू मैदान छाडेका थिए । खेलाडीहरू मैदान नफर्किए पछि खेलका मुख्य रेफ्री राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १३:३०

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई