मितेरी फुटबल क्लब तेह्रथुमले किराँत गोल्डकपको दोश्रो र तेस्रो संस्करण खेल्न नपाउने,  विदेशी खेलाडी पेपेलाई कुनै प्रतियोगितामा सहभागि नगराउने 



 पाँचथरमा । मितेरी फुटबल क्लब तेह्रथुमले पाँचथर फुटबल क्लबले आयोजना गरेको किराँत गोल्डकपको दोश्रो र तेस्रो संस्करण खेल्न नपाउने भएको छ । जारी किराँत गोल्डकप प्रतियोगिताको उद्धघाटन खेलमा समय सकिन २ मिनेट बाँकी छंदै मैदान छाडेका कारण आयोजक पाँचथर क्लबले कारबाही गर्दै यस्तो निर्णय गरेको हो । 

आयोजक पाँचथर फुटबल क्लब एक विज्ञप्ति जारी गर्दै मितेरीका विदेशी खेलाडी पेपेले खेलमैदानमा खेल रेफ्री माथि अभद्र व्यवहार गरेकाले पेपेलाई पाँचथर फुटबल क्लबले आयोजना गरेको कुनै प्रतियोगितामा सहभागि हुन नपाउने गरी कारबाही गरेको समेत जनाएको छ ।

शनिबार आयोजक पाँचथर फुटबल क्लब र मितेरी क्लब बिच भएको खेलमा २ खेलाडीले रातो कार्ड पाए पछि मितेरीका प्रशिक्षक, समर्थकहरू मैदानमा पसेर रेफ्रीसँग विवाद गर्दा खेल तनावग्रस्त बनेको थियो । निरन्तर विवादपछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरू मैदान छाडेका थिए । खेलाडीहरू मैदान नफर्किए पछि खेलका मुख्य रेफ्री राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : 1:30 pm

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको