पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नु याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थलको अतिक्रमण हो : संघर्ष समिती



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको समुहले आफ्नो अडान दोहो¥याएको छ । विभिन्न छ वटा संस्थाले शनिबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै केबलकार निर्माण याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थलको अतिक्रमण मात्रै नभई व्यापारिक केन्द्र बनाउने माध्यमको रुपमा ठहर गरेको छ ।

केवलकार निमार्ण खारेजी समिति, मुकुम्लुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएका हुन् ।


पत्रकार सम्मेलन कार्यक्रममा केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्वु लिम्बूले जबरजस्ती निर्माण गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिए । एक÷दुई जना जनप्रतिनिधिले सिंगो समुदायको प्रतिनिधित्व गरेको नठहरिने भएकाले स्थानीयवासी संघर्षरत रहेको बुझ्न निर्माण कम्पनी र सरोकारवालालाई उनीहरुले स्मरण गराएका छन् ।


मुक्कुमलुङको अस्तित्वलाई स्वीकारेर पाथीभरा क्षेत्र विकास समितिको सट्टा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ । विकासको बिरुद्धमा आफ्नो संघर्ष नभएको दावी गर्दै उनीहरुले ताप्लेजुङको विकास निर्माण,रोजगारीका अवसर सिर्जना गर्न आफुहरु प्रतिवद्ध रहेको जनाएका छन् ।

पुष ६ गते केबलकार निर्माणको विषयमा निर्माण कम्पनीका अध्यक्ष चन्द्र ढकालको उपस्थितीमा भएको सर्वपक्षिय छलफलमा पनि केहि पक्षले केबलकार बन्नु पर्ने अडान राख्दा यो समुहले भने निर्माण गर्न नहुने अडान राखेको थियो ।


केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको समुहद्धारा संयुुक्त रुपमा जारी विज्ञप्ती हेर्नुस :

प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १४:२०

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको