पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी ६८ लाख ११ हजार एक सय १० रुपैयाँ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दुई महिनाको समेत गरी अहिले बैंकमा आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । यही अवधिमा ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुनः त्यो समिति विघठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै अहले व्यवस्थापन गर्दै आएको छ । विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।

पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर खटाइएको हाङबाङले बताउनुभयो । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उहाँको भनाइ छ ।

पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो । पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १४:०९

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई