पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी ६८ लाख ११ हजार एक सय १० रुपैयाँ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दुई महिनाको समेत गरी अहिले बैंकमा आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । यही अवधिमा ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो ।

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुनः त्यो समिति विघठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै अहले व्यवस्थापन गर्दै आएको छ । विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।

पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर खटाइएको हाङबाङले बताउनुभयो । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उहाँको भनाइ छ ।

पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो । पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

प्रकाशित मिति : 2:09 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन