फुङलिङ नगरमा रास्वपाको वडा अधिबेशन सुरु



रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले फुङलिङ नगरको वडा नम्बर ७ र ४ को अधिबेशन सम्पन्न गरि नगरपालिकामा समेत आफ्नो नियमित वडा अधिबेशन सुरु गरेको छ ।


दुबै वडाको नयाँ कार्य समिति चयन गर्दै फुङलिङ नगरले मिसन ०८४ मा फुङ्लिङ नगरका एघार वटै वडामा आफ्ना उम्मेद्वारको जीत र फुङलिङलाई एक सभ्य र बिकसित अनि समृद्ध फुङलिङ बनाउने योजनामा जुटिरहेको नगर सभापति राजन गुरुङले बताए ।


वडा नम्बर ४ को पौष ८ गतेको अधिवेशनमार्फत नयाँ कार्यकारिणी पदाधिकारी चयन भएका छन् । जस्मा सभापतिमा भुपेन्द्र श्रेष्ठ, उपसभापतिमा शान्ती सिवा, सचिबमा दिलबहादुर बर्देवा, सदस्यहरूमा रामेश्वर साह मुन्ना भाई, प्रेमबहादुर तामाङ, कमल शेर्पा, गणेश कट्वाल, मन्जु दमाई, लाक्पा शेर्पा रहेका छन् ।


यसै गरि वडा नम्बर ७ मा सभापतिमा गुन्जमान गुरुङ, उपसभापतिमा संगिता याक्सो लिम्बू, सचिव रमेश गुरुङ र सदस्यहरू ममता राई, मित्रलाल भट्टराई, प्रमिला बि.क., केवल श्रेष्ठ, दुर्गा लिम्बू, सर्वसम्मत चयन भएका छन् ।


कार्यक्रममा प्रदेश कमिटी सदस्य ई. वीरेन्द्र श्रेष्ठ, क्षेत्रीय निर्वाचन समिती सभापति हरिप्रसाद थापा, रास्वपा ताप्लेजुङका विभिन्न पदाधिकारीहरु र स्थानीय शुभेच्छुकहरुको समेत उपस्थिति रहेको कार्यक्रम प्रस्तोता तथा गुनासो व्यवस्थापन बिभागका जिल्ला संयोजक लिलाराज पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०८:४०

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक