पाथिभरा क्षेत्रको सर्वपक्षीय अनुगम गरिँदै 



ताप्लेजुङ । प्रसिद्ध तीर्थ स्थल पाथिभरा क्षेत्रको सर्वपक्षीय अनुगम गरिने भएको छ । यहीँ मंसिर ६ गतेको निर्णय अनुसार शुक्रबार स्थलगत अनुगमनको लागि सर्वपक्षीय टोली जान लागेको हो ।

भोलि बिहान तोक्मे डाँडामा भेला भई अनुगमन टोली उक्त क्षेत्रमा प्रस्थान गर्ने पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार सुकेटार–काफ्लेपाटी सडक, खानेपानी लिफ्टीङ योजना, विद्युतको अवस्था, पार्किङ स्थल, काफ्लेपाटी देखि ठुलो फेदी मोटर बाटो निर्माण, उक्त क्षेत्रका पसल तथा होटलहरू, बजार हुँदै काफ्लेपाटी यातायातको अवस्था अवलोकन, मन्दिर भित्र दर्शनार्थीको अवस्था, मन्दिर क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन साथै फाइभर ट्रस लगायत विविध विषयको अनुगमन गरिने भएको छ ।

अनुगमन टोलीमा विभिन्न संघ, संस्थाका प्रमख तथा प्रतिनिधि, पत्रकार प्रस्थान गर्ने कार्यकारी निर्देशक हाङबाङ बताउनुभयो । 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १२:१९

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल

तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की

रेडियो काबेलीताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन

फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु