पाथिभरा क्षेत्रको सर्वपक्षीय अनुगम गरिँदै 



ताप्लेजुङ । प्रसिद्ध तीर्थ स्थल पाथिभरा क्षेत्रको सर्वपक्षीय अनुगम गरिने भएको छ । यहीँ मंसिर ६ गतेको निर्णय अनुसार शुक्रबार स्थलगत अनुगमनको लागि सर्वपक्षीय टोली जान लागेको हो ।

भोलि बिहान तोक्मे डाँडामा भेला भई अनुगमन टोली उक्त क्षेत्रमा प्रस्थान गर्ने पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार सुकेटार–काफ्लेपाटी सडक, खानेपानी लिफ्टीङ योजना, विद्युतको अवस्था, पार्किङ स्थल, काफ्लेपाटी देखि ठुलो फेदी मोटर बाटो निर्माण, उक्त क्षेत्रका पसल तथा होटलहरू, बजार हुँदै काफ्लेपाटी यातायातको अवस्था अवलोकन, मन्दिर भित्र दर्शनार्थीको अवस्था, मन्दिर क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन साथै फाइभर ट्रस लगायत विविध विषयको अनुगमन गरिने भएको छ ।

अनुगमन टोलीमा विभिन्न संघ, संस्थाका प्रमख तथा प्रतिनिधि, पत्रकार प्रस्थान गर्ने कार्यकारी निर्देशक हाङबाङ बताउनुभयो । 

प्रकाशित मिति : 12:19 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन