दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने 



ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने भएको छ । आगामी ३ वर्षभित्रमा कार्य सम्पन्न हुने गरी मेरिङदेन गाउँपालिकाले चालु आर्थिक वर्षको लागि बजेट समेत बिनियोजन गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि २ करोड बजेट बिनियोजन गरेको पालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३६ महिनामा दोभानबाट पालिकाको केन्द्र सान्थाक्रासम्म ९ किलोमिटर सडक कालोपत्रे हुनेछ ।  सोमबार पालिकाका अध्यक्ष हाङगाम, उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ, ६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, पालिकाका कर्मचारी तथा प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन र सर्वे समेत गरेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष हाङगामका अनुसार प्रदेश तथा सङ्घतर्फ समेत आवश्यक बजेटको माग गरी सम्भव भएसम्म चाँडै नै निर्माणको कार्य सम्पन्न गर्ने गरी पहल गर्ने तयारी भइरहेको छ । उक्त सडकको कालोपत्रे भएमा वर्षायामको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे जस्ता समस्याको अन्त्य हुने र सहज ढंगले सदरमुकाम लगायतका क्षेत्रमा आवतजावत गर्न सकिने स्थानीले विश्वास लिएका छन् । 

सडकको अन्तिम सर्वेक्षण सकिएको र अब चाँडै ठेक्का प्रक्रियामार्फत नै निर्माणको कार्य अगाडि बढाईने अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १३:०६

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट