दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने 



ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने भएको छ । आगामी ३ वर्षभित्रमा कार्य सम्पन्न हुने गरी मेरिङदेन गाउँपालिकाले चालु आर्थिक वर्षको लागि बजेट समेत बिनियोजन गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि २ करोड बजेट बिनियोजन गरेको पालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३६ महिनामा दोभानबाट पालिकाको केन्द्र सान्थाक्रासम्म ९ किलोमिटर सडक कालोपत्रे हुनेछ ।  सोमबार पालिकाका अध्यक्ष हाङगाम, उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ, ६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, पालिकाका कर्मचारी तथा प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन र सर्वे समेत गरेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष हाङगामका अनुसार प्रदेश तथा सङ्घतर्फ समेत आवश्यक बजेटको माग गरी सम्भव भएसम्म चाँडै नै निर्माणको कार्य सम्पन्न गर्ने गरी पहल गर्ने तयारी भइरहेको छ । उक्त सडकको कालोपत्रे भएमा वर्षायामको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे जस्ता समस्याको अन्त्य हुने र सहज ढंगले सदरमुकाम लगायतका क्षेत्रमा आवतजावत गर्न सकिने स्थानीले विश्वास लिएका छन् । 

सडकको अन्तिम सर्वेक्षण सकिएको र अब चाँडै ठेक्का प्रक्रियामार्फत नै निर्माणको कार्य अगाडि बढाईने अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:06 pm

ताप्लेजुङका एक युवाद्वारा नेटिभटाइप डट कम वेभ एप्लिकेशन सार्वजनिक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङका एक युवाले नेटिभटाइप डट

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि

१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन

ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड