दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने 



ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे हुने भएको छ । आगामी ३ वर्षभित्रमा कार्य सम्पन्न हुने गरी मेरिङदेन गाउँपालिकाले चालु आर्थिक वर्षको लागि बजेट समेत बिनियोजन गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि २ करोड बजेट बिनियोजन गरेको पालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३६ महिनामा दोभानबाट पालिकाको केन्द्र सान्थाक्रासम्म ९ किलोमिटर सडक कालोपत्रे हुनेछ ।  सोमबार पालिकाका अध्यक्ष हाङगाम, उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ, ६ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, पालिकाका कर्मचारी तथा प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन र सर्वे समेत गरेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष हाङगामका अनुसार प्रदेश तथा सङ्घतर्फ समेत आवश्यक बजेटको माग गरी सम्भव भएसम्म चाँडै नै निर्माणको कार्य सम्पन्न गर्ने गरी पहल गर्ने तयारी भइरहेको छ । उक्त सडकको कालोपत्रे भएमा वर्षायामको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे जस्ता समस्याको अन्त्य हुने र सहज ढंगले सदरमुकाम लगायतका क्षेत्रमा आवतजावत गर्न सकिने स्थानीले विश्वास लिएका छन् । 

सडकको अन्तिम सर्वेक्षण सकिएको र अब चाँडै ठेक्का प्रक्रियामार्फत नै निर्माणको कार्य अगाडि बढाईने अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:06 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम