भुकम्प प्रभावितलाई काङ्ग्रेस ताप्लेजुङले दियो ४० हजार 



फूर्बा शेर्पा

ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङले जाजरकोट र रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरूलाई आर्थिक सहयोग गरेको छ । जिल्ला कार्य समिति सदस्य शिला ईजमका अनुसार जिल्ला कार्य समितिको तर्फबाट नेपाल सरकार भुकम्प प्रभावित कोषमा ४० हजार  जम्मा गरेका हो ।

नेपाली काङ्ग्रेस सदैव जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले केही राहत पुग्न सकिन्छ की भन्ने हेतुले थोरै भएपनि आर्थिक सहयोग गरेका उहाँले बताउनु भयो । 

उहाँले भन्नु भयो, ‘भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले नेपाली काङ्ग्रेस ताप्लेजुङ अत्यन्त दुखित भएको छ। भूकम्पमा परी ज्यान गुमाएकाहरू प्रति सम्पूर्ण जिल्ला कार्य समितिहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दैछौ ।’

कार्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : 12:51 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान