ताप्लेजुङमा १६ औँ राष्ट्रिय बिभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्ति मनाइयो, शालिकको आयव्यय सार्वजनिक



ताप्लेजुङ । नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति ताप्लेजुङमा सहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

शनिबार आज लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अवसरमा ताप्लेजुङमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाइएको छ । सदरमुकामको कभर्डहलबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी बसपार्कमा केन्द्रित भएका थिए । किराँती समुदायका धर्मावलम्बीहरूले मौलिक पोशाकमा उपस्थित भई एक आपसमा शुभकामना आदान–प्रदान तथा फाल्गुनन्दको योगदानको चर्चा गर्दै जन्मजयन्ति मनाएको आयोजक संस्था किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका अध्यक्ष कर्ण पालुङवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगत लामो समय अगाडिदेखि लिङदेनको जन्मजयन्तिको अवसरमा हरेक कात्तिक २५ गते पूर्वी नेपालको ताप्लेजुङ सहित पाँचथर, तेह्रथुम, इलाम, झापा लगायतको जिल्लामा कार्यक्रम गरिदै आइएको छ । ताप्लेजुङमा भने प्रतिनिधिसभाका सदस्य लिलादेबी बोखिमको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान गरिएको छ । विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय प्रमुख लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । संघका अनुसार जिल्लाका अन्य स्थानीय तहमा समेत विशेष कार्यक्रम गरी जन्मजयन्ति मनाइएको छ ।

शालिकको आयव्यय सार्वजनिक

जन्मजयन्तिकै अवसरमा गत साल तोक्मेडाँडामा स्थापना गरिएको फाल्गुनन्द लिङदेनको शालिकको आयव्यय समेत सार्वजनिक गरिएको छ । शालिक निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बुले शनिबार शालिक निर्माण गर्दा संकलन भएको खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नु भएको हो । अध्यक्ष फेम्बूका अनुसार १ करोड २५ लाख  ८७ हजार ७ सय ५ रुपैयाँ आम्दानी भएको छ । उहाँका अनुसार रसिद कटाएर १ करोड ५ लाख ८ हजार १ सय ९७ रुपैयाँ, युकेबाट ७ लाख ६० हजार ५ सय ८८ रुपैँया संकलन भएको छ । यस्तै जिल्लाका दुईओटा स्थानीय तह फुङलिङ नगरपालिकाले १२ लाख १७ हजार ९ सय २० रुपैयाँ र पाथीभरा याङवरक गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यस्तै जनश्रमदान बाहेक जम्मा शालिक निर्माणमा १ करोड १७ लाख ६१ हजार २९ रुपैयाँ खर्च भएको अध्यक्ष फेम्बुले बताउनुभयो । समितिका अनुसार जनश्रमदानका लागि दक्ष र अर्धदक्ष जनशक्ति गरी करिब साढे ५ लाख रुपैयाँ बराबरको विभिन्न किराँत धर्मावलम्बीहरूले श्रमदान गरेका छन् । सबैभन्दा बढी शालिक निर्माण तथा ढुवानीमा ३४ लाख २ हजार रुपैयाँ खर्च भएको समितिले सार्वजनिक गरेको आयव्यय विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै बालुवा, गिटी, ढुङ्गामा ७ लाख ६ हजार, रड सिमेन्टमा १४ लाख १८ हजार ४ सय ४५, मार्बल टायल खरिदमा ४ लाख २ हजार ५ सय रुपैयाँ खर्च भएको छ । शालिकलाई ओढाइएको तामाको छाता खरिद तथा ढुवानीमा ६ लाख, यातायात अन्तर्गत गाडी र हेलिकप्टरमा १८ लाख ५ सय रुपैयाँ खर्च भएको समितिले सार्वजनिक गरेको छ । ९ लाख ५० हजार रुपैयाँ शिला लेख तयारीका लागि खर्च हुँदा निर्माणमा ८ लाख ३ सय रुपैयाँ खर्च भएको छ । शालिक उद्घाटन लगायतमा ६ लाख ८० हजार ८ सय १०, ब्यानर, पोस्टर तथा सञ्चारमा ३ लाख ५३ हजार २ सय ८९ रुपैयाँ, बिद्यूतिय सामाग्री खरिदमा ९५ लाख ७ सय ७० र विविधतर्फ २ लाख ५५ हजार ८ सय ८ सय ९० रुपैयाँ खर्च भएको छ ।  

यस्तै शालिक निर्माण समितिसँग ८ लाख बढी बैँक मौज्दात रहेको फेम्बुले बताउनुभयो । सानीमा बैँकमा  ६ लाख ६ हजार ६ सय ५९ रुपैँया २४ पैसा र सनराईज बैँकमा १ लाख १८ हजार ९ सय २० रुपैँया रकम मौज्दात रहेको छ । १ लाख १ हजार १ सय ८ रुपैँया केही समय अगाडि मात्र प्राप्त भएको सो रकम समितिका कोषाध्यक्ष डम्बर बहादुर पालुङवासँग रहेको बताइएको छ । बचत भएको रकमबाट दीर्घकालीन रुपमा शालिकको संरक्षण तथा व्यवस्थापनको लागि खर्च गर्ने योजना समेत बनाइएको समितिका अध्यक्ष फेम्बुले बताउनुभयो ।

प्रकाशित मिति : 1:50 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि