ताप्लेजुङमा राति १० बजेसम्ममात्रै देउसी, भैलो खेल्न पाइने



ताप्लेजुङ । ताप्लेजुङमा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन सचेत गराउँदै बुधबार एक सूचना जारी गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराईद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ । पटका आतिसबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

जुवा(तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्नरनगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडाइ पारेको पनि जनाइएको छ । प्रहरी नायव उपरीक्षक राजन लिम्बुले विशेष सुरक्षा योजना लागू गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति : 12:54 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम