ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चेम्जोङको सरुवा



ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको सरुवा भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीमा महिला नै आउने भएकी छन् ।

चेम्जोङ ९ महिना अघि ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएर आएकी थिईन् । चेम्जोङको सरुवापछि ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीमा हिरादेवी पौडेल आउने भएकी छन् । उनी राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा आउन लागेकी हुन् ।

पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुुनेछिन् । चेम्जोङको इलाम जिल्ला प्रशासन कार्यालय दरबन्दी भई राष्ट्रिय बिपद् जोखिम न्यूनीकरणतथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको छ । चेम्जोङ सरल व्यवहार,इमान्दार छबि,निर्णयमा अडिग र पारदर्शी शासनमा बिश्वास राख्ने प्रशासकको रुपमा दरिएकी छन्। उज्यालो पोष्ट

प्रकाशित मिति : 2:20 pm

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट