ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चेम्जोङको सरुवा



ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको सरुवा भएको छ । नयाँ प्रमुख जिल्ला अधिकारीमा महिला नै आउने भएकी छन् ।

चेम्जोङ ९ महिना अघि ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएर आएकी थिईन् । चेम्जोङको सरुवापछि ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीमा हिरादेवी पौडेल आउने भएकी छन् । उनी राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा आउन लागेकी हुन् ।

पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुुनेछिन् । चेम्जोङको इलाम जिल्ला प्रशासन कार्यालय दरबन्दी भई राष्ट्रिय बिपद् जोखिम न्यूनीकरणतथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा भएको छ । चेम्जोङ सरल व्यवहार,इमान्दार छबि,निर्णयमा अडिग र पारदर्शी शासनमा बिश्वास राख्ने प्रशासकको रुपमा दरिएकी छन्। उज्यालो पोष्ट

प्रकाशित मिति : 2:20 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका