सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल



काठमाडौं — सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगीले जानकारी दिए ।

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो । तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगन्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १३:४३

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा

ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

ताप्लेजुङ । ताप्लेजुङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित भएका छन्