बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रहरीको कडाई




ताप्लेजुङ । चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिष्फोटक पदार्थको ओसारपसार तथा प्रयोगको निगरानीमा कडाई गर्न सुरु गरेको छ ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी उपरिक्षक (डिएसपी) राजन लिम्बुले प्रहरीले बिशेष सुरक्षा योजना अघि सार्दै चाडपर्वका समयमा पटका,भुईचम्पा र आतिशबाजी लगायतका बिष्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन नदिन कडाई गरिएको जानकारी दिए ।


उनले यस्ता बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रवेश गर्ने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको बताए । निगरानीका लागि शादा पोशाकमा प्रहरी परिचालन गरिएकोले लुकिछिपी निषेधेती विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग गरिएको पाईए कारबाही गर्ने डिएसपी लिम्बुले बताए ।

दिपावलीको समय सुरु हुन लागेकोले सम्भावित आगलागी साथै अन्य दुर्घटनामा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरको छ ।

प्रकाशित मिति : 1:38 pm

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट