बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रहरीको कडाई




ताप्लेजुङ । चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिष्फोटक पदार्थको ओसारपसार तथा प्रयोगको निगरानीमा कडाई गर्न सुरु गरेको छ ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी उपरिक्षक (डिएसपी) राजन लिम्बुले प्रहरीले बिशेष सुरक्षा योजना अघि सार्दै चाडपर्वका समयमा पटका,भुईचम्पा र आतिशबाजी लगायतका बिष्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन नदिन कडाई गरिएको जानकारी दिए ।


उनले यस्ता बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रवेश गर्ने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको बताए । निगरानीका लागि शादा पोशाकमा प्रहरी परिचालन गरिएकोले लुकिछिपी निषेधेती विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग गरिएको पाईए कारबाही गर्ने डिएसपी लिम्बुले बताए ।

दिपावलीको समय सुरु हुन लागेकोले सम्भावित आगलागी साथै अन्य दुर्घटनामा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरको छ ।

प्रकाशित मिति : 1:38 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका