ताप्लेजुङको सुकेटारमा ‘सिसी क्यामेरा’ जडान




ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङनगारपालिका वडा नं. ६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए । उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

प्रकाशित मिति : 10:06 am

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन